दैनिक कार्यहरूको पूर्वयोजना र कार्यतालिका कसरी बनाउने भन्ने व्यावहारिक टिप्सहरू प्रस्तुत गर्दै विशेषगरी व्यक्तिगत तथा व्यावसायिक जीवनमा समयको सही सदुपयोग कसरी गर्ने र उत्पादकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित रहेर लेखक दीपेन्द्र साहद्वारा लिखित एक चर्चित नेपाली आत्मसुधार पुस्तक हो, ‘समय व्यवस्थापन (Time Management)’।
यस पुस्तकमा जीवनका महत्त्वपूर्ण कामहरू कसरी पहिचान गर्ने, अनावश्यक काममा समय बर्बाद हुनबाट कसरी जोगिने र समयको सही व्यवस्थापनले मानसिक तनाव कम गर्दै कार्यक्षमता बढाउन कसरी मद्दत गर्छ भन्ने विषयमा व्यावहारिक जानकारी दिइएको छ।हजुरले समय व्यवस्थापन गर्न सक्नुभयो भने अन्य कामहरूलाई पनि व्यवस्थित गर्न सहज हुन्छ। समय तथा अन्य साधनस्रोतको उचित व्यवस्थापन गर्न सकिएन भने आफ्नै जीवनलाई व्यवस्थित बनाउनसमेत कठिन हुन्छ। त्यसैले समय व्यवस्थापन र आत्मव्यवस्थापन एकअर्कासँग घनिष्ठ रूपमा सम्बन्धित छन्। यी दुवै सीपलाई आत्मसात् गर्नु सफल जीवनको महत्त्वपूर्ण मन्त्र हो। समयको सही सदुपयोग गर्ने कला नै जीवनलाई व्यवस्थित बनाउने र सफलतातर्फ अघि बढ्ने एउटा महत्त्वपूर्ण आधार हो।
समय र आफ्नो क्षमतालाई यसरी उपयोग गर्नुहोस्, जसले गर्दा थोरै समयमा बढी उपलब्धि हासिल गर्न सकियोस्। यही नै समय व्यवस्थापनको मूल उद्देश्य र यसको सार हो। समय व्यवस्थापन कुनै जटिल प्रक्रिया होइन, यसलाई जीवनका हरेक क्षेत्रमा अपनाउन सकिन्छ। यो एउटा राम्रो बानी हो, जसले जीवनलाई सही ढङ्गले सञ्चालन गर्न सिकाउँछ। समय व्यवस्थापनको बानी विकास गर्न सकेमा व्यक्तिगत, व्यावसायिक तथा आध्यात्मिक जीवनका विभिन्न क्षेत्रमा लाभ प्राप्त गर्न सकिन्छ। समयको सही सदुपयोग गर्न सिक्यौँ भने हामी आफ्ना महत्त्वपूर्ण कामहरू पूरा गर्न, लक्ष्य हासिल गर्न र जीवनका अवसरहरूको अधिकतम उपयोग गर्न सक्छौँ।
अनावश्यक वार्तालाप, लाभहीन गतिविधि तथा निरर्थक कुराकानीका कारण हाम्रो अमूल्य समय नष्ट भइरहेको हुन्छ। इधर–उधरका अनावश्यक कुराहरू, लडाइँ–झगडा तथा अनावश्यक समाचारहरूमा अत्यधिक समय बिताउनु समयको दुरुपयोग हो। त्यसैले आफ्नो लक्ष्यप्रति केन्द्रित हुँदै काममा पूर्ण रूपमा तल्लीन हुनु नै समय व्यवस्थापनको सबैभन्दा राम्रो उपाय हो। यसबाट आफ्नो ऊर्जा र क्षमतालाई लक्ष्य प्राप्तिमा केन्द्रित गर्न सकिन्छ।समय व्यवस्थापनका धेरै प्रभावकारी सूत्रहरू छन्। ती सूत्रहरूको अध्ययन गर्न, तिनलाई आफ्नो जीवनमा लागू गर्न र समयको सही सदुपयोग गर्न यो पुस्तकको सहयोग लिनुहोस्।हेल्प टु हेल्प। धन्यवाद!