‘चिन्ताबाट छुटकारा’, ‘लामो उमेरको ग्यारेन्टी’, ‘अवचेतन मनको चमत्कार’ र ‘सधैँ खुसी’ जस्ता प्रेरणादायी पुस्तकहरू ओर्सन स्वेट मार्डेनद्वारा लिखित कृतिहरू हुन्। उहाँले जीवनमा सफलता प्राप्त गर्ने, सकारात्मक सोच विकास गर्ने र सधैँ खुसी रहने विषयमा थुप्रै प्रेरणादायी पुस्तकहरू लेख्नुभएको छ। उहाँको दर्शनअनुसार खुसी रहनु र सकारात्मक सोच राख्नु नै सफल जीवनका मुख्य आधार हुन्।
यस पुस्तकमा सधैँ खुसी रहने केही महत्त्वपूर्ण सूत्रहरू प्रस्तुत गरिएका छन्। तीमध्ये पहिलो हो, हाम्रा विचारहरूमा ठूलो शक्ति हुन्छ। यदि हामीले सकारात्मक सोच राख्यौँ भने जीवनमा खुसी र सफलता प्राप्त गर्ने सम्भावना बढ्छ।विगतका गल्तीहरूमा पछुताउनु र भविष्यको डरमा अल्झिनुभन्दा वर्तमानमा बाँच्न र प्रत्येक अनुभवबाट सिक्नुपर्छ। चिन्ता त्यागेर हाँस्दै र रमाउँदै जीवन बिताउनु नै वास्तविक सुख हो।आफूमाथि विश्वास राख्ने र आफ्नो क्षमतामा भरोसा गर्ने व्यक्ति कठिन परिस्थितिमा पनि आशावादी रहन सक्छ। आत्मविश्वास जीवनको सबैभन्दा ठूलो सम्पत्तिमध्ये एक हो। आफूसँग जे छ, त्यसमा सन्तुष्ट रहँदै जीवनका साना–साना खुसीहरूलाई उत्साहका साथ मनाउनुपर्छ। यसरी सकारात्मक सोच, आत्मविश्वास र सन्तुष्टिको भावनाले जीवनलाई अझ सुखी र अर्थपूर्ण बनाउन सकिन्छ।हेल्प टु हेल्प। धन्यवाद।