हजुरको दृष्टिकोणले नै हजुरको जीवनको सफलता र असफलता निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यही मुख्य सन्देशका साथ लेखक तथा प्रेरणादायी वक्ता जेफ केलरद्वारा लिखित ‘एटिट्युड इज एभ्रिथिङ’ (Attitude Is Everything) एक अत्यन्तै लोकप्रिय र प्रेरणादायी आत्मसुधार तथा व्यक्तित्व विकाससम्बन्धी पुस्तक हो।यस पुस्तकमा लेखकले कुनै नियम वा सिद्धान्तको व्याख्या मात्र गरेका छैनन्, बरु जीवनका प्रत्यक्ष अनुभव र व्यावहारिक उदाहरणहरूमार्फत सकारात्मक दृष्टिकोणको महत्त्व बुझाएका छन्। हाम्रो सोचाइ, व्यवहार र दृष्टिकोणले नै जीवनमा प्राप्त गर्ने सफलता र उपलब्धिहरूमा ठूलो प्रभाव पार्छ भन्ने कुरा यस पुस्तकले स्पष्ट पारेको छ।
हजुरको सहजताका लागि यस पुस्तकलाई तीन भागमा विभाजन गरेर अध्ययन गर्न मिल्ने गरी प्रस्तुत गरिएको छ। प्रत्येक भागमा सम्बन्धित विषयवस्तु समेटिएका विभिन्न अध्यायहरू छन्। यसको मुख्य उद्देश्य हजुरले आफ्नो जीवनको कुनै विशेष क्षेत्रमा सोचाइ र दृष्टिकोणलाई सशक्त बनाउन चाहनुहुन्छ भने त्यससँग सम्बन्धित अध्यायहरूमा विशेष ध्यान दिएर अध्ययन गर्न सक्नुहोस् भन्ने हो। यसले हजुरलाई आवश्यक विषयमा केन्द्रित भएर पुस्तक पढ्न र त्यसबाट बढीभन्दा बढी लाभ लिन सहज बनाउँछ।
भाग १: सफलता हाम्रो मनस्थितिबाटै सुरु हुन्छयस भागमा हामी मनोवृत्ति र विश्वासको शक्तिमा केन्द्रित हुनेछौँ। सकारात्मक सोच र सही दृष्टिकोण अपनाएर हजुरले आफ्नो जीवनलाई सही दिशा दिन र आफ्नो भविष्यलाई आकार दिन सक्नुहुन्छ। यस खण्डमा सफलता प्राप्त गर्ने हजुरको सोचाइ र त्यसलाई हेर्ने दृष्टिकोणले उपलब्धिहरूमा कसरी प्रभाव पार्छ भन्ने कुरा सिक्नुहुनेछ।भाग २: आफूले बोल्ने शब्दहरूमा ध्यान दिनुहोस्यस भागमा हजुरले बोल्ने शब्द र अभिव्यक्तिमा ध्यान केन्द्रित गरिनेछ। हाम्रा शब्दहरूले हाम्रो व्यक्तित्व र नेतृत्व क्षमतालाई कसरी प्रतिबिम्बित गर्छन् तथा सकारात्मक भाषाले हामीलाई आफ्ना लक्ष्यहरू प्राप्त गर्न कसरी प्रेरित गर्छ भन्ने कुरा यस खण्डमा सिक्नुहुनेछ।
भाग ३: सफलता कर्म गर्नेहरूलाई मात्र साथ दिन्छयस खण्डमा हामी सफलताको यात्राको अन्तिम चरण अर्थात् कार्यको महत्त्वबारे अध्ययन गर्नेछौँ। हजुरले सकारात्मक सोच्न र बोल्न थाले पनि त्यसलाई व्यवहारमा उतार्न सक्रिय कदम चाल्नुभएन भने आफ्ना सपना साकार पार्न सक्नुहुन्न। निष्क्रिय भएर बस्दा सफलता आफैँ हजुरको ढोकासम्म आइपुग्दैन।त्यसैले, आफ्ना लक्ष्यहरू प्राप्त गर्न निरन्तर प्रयास गर्नुहोस्, आवश्यक निर्णय लिनुहोस् र योजनाअनुसार अघि बढ्नुहोस्। यस खण्डमा हजुरले आफ्ना सपना र लक्ष्यहरूलाई वास्तविकतामा परिणत गर्न कसरी सक्रिय कदम चाल्ने भन्ने कुरा सिक्नुहुनेछ।
हजुरले यसरी सोच्नुहुन्छ, बोल्नुहुन्छ र सफलतातर्फ अघि बढ्न मद्दत गर्ने कार्यहरू गर्नुहुन्छ भने सम्झनुहोस्, हजुरले आफ्नो तर्फबाट उत्कृष्ट प्रयास गरिरहनुभएको छ र ठोस परिणामहरू प्राप्त गर्ने मार्गमा हुनुहुन्छ।अब हजुर यस्तो यात्राको सुरुवात गर्न तयार हुनुहुन्छ, जसले हजुरलाई आफ्ना सपनाभन्दा पनि परको सफलता र खुसी दिलाउन सक्छ। त्यसो भए, किन ढिलाइ गर्ने त? आउनुहोस्, परिवर्तन र सफलताको यो यात्रा आजै र अहिल्यै सुरु गरौँ।हेल्प टु हेल्प। धन्यवाद।
यो पुस्तक पढेर हजुरले के हासिल गर्नुहुनेछ?यदि हजुरमा अहिले नकारात्मक विचारहरू छन् भने पनि निराश नहुनुहोस्। यस पुस्तकमा समावेश गरिएका मुख्य सिद्धान्तहरू र व्यावहारिक उपायहरू प्रयोग गरेर हजुर आफ्नो सोचाइमा सकारात्मक परिवर्तन ल्याउन, सकारात्मक मनोवृत्ति विकास गर्न र जीवनमा अभूतपूर्व उपलब्धिहरू हासिल गर्न सक्नुहुन्छ।यदि हजुरमा पहिल्यैदेखि सकारात्मक सोच छ भने यी सिद्धान्तहरूलाई व्यवहारमा लागू गरेर सफलताको नयाँ उचाइ चुम्न र जीवनमा अझ बढी खुसी, सन्तुष्टि तथा पूर्णता प्राप्त गर्न सक्नुहुनेछ।हेल्प टु हेल्प। धन्यवाद।