वास्तवमा, हजुरले आफ्नो वर्तमान पेसा वा काम मात्र परिवर्तन गरेर पुग्दैन, आफूलाई पनि परिवर्तन गर्न आवश्यक छ। यस पुस्तकले सफल व्यवसाय निर्माण गर्न आवश्यक पर्ने सीप, ज्ञान र क्षमता कसरी हासिल गर्ने भन्ने विषयमा मार्गदर्शन गर्छ। तर आफ्नो व्यवसायलाई विस्तार गर्नुअघि हजुरले आफ्नो सोच, क्षमता र व्यक्तित्वको विकास गर्नुपर्छ। यो विकास शारीरिक होस् वा मानसिक, आफ्नो जीवन र परिस्थितिलाई सकारात्मक रूपमा परिवर्तन गर्ने जिम्मेवारी हजुरकै हातमा हुन्छ। त्यसैले व्यवसायमा सफलता हासिल गर्न सर्वप्रथम आफूलाई सक्षम बनाउनु आवश्यक छ।
कम समयमा मानिसहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने र उत्पादकता बढाउने तरिकाहरूलाई सरल कथामार्फत सिकाउने ‘द वन मिनेट म्यानेजर’ (The One Minute Manager) सन् १९८२ मा प्रकाशित एक अत्यन्त लोकप्रिय र प्रभावकारी व्यावसायिक व्यवस्थापन पुस्तक हो। यस पुस्तकका लेखक केन ब्लान्चार्ड र स्पेन्सर जोन्सन हुन्।यो पुस्तक मुख्य रूपमा तीनवटा प्रमुख रहस्यमा आधारित छ, जसले प्रभावकारी नेतृत्व, कर्मचारी व्यवस्थापन, लक्ष्य निर्धारण र कार्यक्षमता अभिवृद्धि गर्ने व्यावहारिक उपायहरू सिकाउँछन्।
यो पुस्तक छोटो, सरल र प्रभावकारी शैलीमा लेखिएको छ। यसका व्यावहारिक सिद्धान्तहरूका कारण यो संसारभरका व्यवसायी, कर्मचारी तथा नेतृत्वकर्तामाझ निकै चर्चित र लोकप्रिय छ।यदि हजुर यस पुस्तकमा उल्लेख गरिएका तीनवटा रहस्यलाई आफ्नो काम, व्यवसाय र दैनिक जीवनमा कसरी लागू गर्ने भन्नेबारे विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने, पुस्तक पूर्ण रूपमा पढ्नुहोस्। यसले हजुरलाई लक्ष्य निर्धारण गर्न, आफ्नो कार्यक्षमता बढाउन, अरूको प्रशंसा गर्न र गल्तीबाट सिक्दै अघि बढ्न सहयोग गर्नेछ।पुस्तकका अन्य महत्त्वपूर्ण सिद्धान्त र प्रेरणादायी जानकारीका लागि हेल्प टु हेल्पलाई सम्झनुहोस्।धन्यवाद!