व्यक्तित्व विकास कसरी गर्ने — पुस्तक परिचयमानिसको आन्तरिक तथा बाह्य क्षमतालाई निखार्दै समाजमा प्रभावशाली व्यक्तित्व कसरी निर्माण गर्ने भन्ने विषयमा प्रगाढ मार्गदर्शन प्रदान गर्ने पुस्तक हो, व्यक्तित्व विकास कसरी गर्ने। राकेश नाथद्वारा लिखित यो पुस्तक एक उत्कृष्ट आत्मसहयोगात्मक (Self-help) तथा जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा जम्मा ५७ वटा बुँदालाई विभिन्न विषयसूचीअन्तर्गत समेटेर छोटकरीमा धेरै उपयोगी जानकारी प्रदान गर्ने प्रयास गरिएको छ। पुस्तकमा मुख्यतया व्यक्तित्व विकास, आत्मविश्वास, सकारात्मक सोच, प्रभावकारी सञ्चार, व्यवहार सुधार, आत्मअनुशासन तथा जीवनमा सफलता हासिल गर्न आवश्यक पर्ने विभिन्न सीप र गुणहरूमा विशेष जोड दिइएको पाइन्छ।
बाहिरी किताबी ज्ञानले लिखित परीक्षामा मात्र सहयोग पुर्याउँछ भने व्यावहारिक ज्ञानले जीवनका हरेक कठिन परिस्थितिको सामना गर्न मद्दत गर्छ। व्यावहारिक ज्ञान र सीप भएका व्यक्तिले आफ्नो व्यक्तित्वलाई स्वाभाविक तथा प्रभावकारी रूपमा विकास गर्न सक्छन्। यस्तो ज्ञान हासिल गर्न राम्रा पुस्तकहरू पढ्ने, जीवनोपयोगी अडियो सुन्ने र असल साथीहरूको संगत गर्ने बानी बसाल्नु आवश्यक हुन्छ।केवल उच्च शिक्षा हासिल गर्दैमा व्यक्तित्व आकर्षक बन्दैन। असल संस्कार, लगनशीलता, आत्मविश्वास र आन्तरिक क्षमता पनि सफल जीवनका लागि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। यी गुणहरूले व्यावसायिक तथा दैनिक जीवनमा अरूसँग सकारात्मक सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछन्।प्रभावशाली व्यक्तित्वको प्रमुख गुणमध्ये एक असल श्रोता बन्नु हो। अरूको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यकताअनुसार मात्र बोल्ने बानीले व्यक्तिको आकर्षण बढाउँछ। अरूका विचार र भावनालाई गहिराइबाट बुझेर ध्यानपूर्वक सुन्दा उनीहरूले आफूलाई महत्त्व दिइएको र सम्मान गरिएको महसुस गर्छन्। यसले गर्दा उनीहरूमाझ हजुरप्रतिको विश्वास, स्वीकार्यता र आकर्षण बढ्दै जान्छ।
आकर्षक व्यक्तित्व भएका व्यक्तिहरू उदार हृदयका, दयालु र सहृदयी स्वभावका हुन्छन्। परिस्थिति जस्तोसुकै भए पनि वा आफ्नो मनस्थिति जति नै खराब भए पनि अरूप्रति नकारात्मक भावना नराखी सबैप्रति सहानुभूति, सद्भाव र प्रेमभाव व्यक्त गर्नु नै व्यक्तित्वको वास्तविक सुन्दरता हो।यी गुणहरू आफ्नो जीवनमा विकास गर्न हजुरले यो पुस्तक खरिद गरी व्यक्तित्व विकासका विभिन्न पक्षहरू ध्यानपूर्वक पढ्नुहोस् र तिनलाई आफ्नो व्यवहारमा लागू गर्नुहोस्। यसले हजुरको व्यक्तित्वलाई अझ प्रभावकारी र आकर्षक बनाउन सहयोग पुर्याउनेछ।पुस्तक तथा जीवनोपयोगी जानकारीका लागि हेल्प टू हेल्पलाई सम्झनुहोस्।धन्यवाद!