हरेक व्यक्तिभित्र एक कुशल नेता बन्ने क्षमता लुकेको हुन्छ, र सही प्रयास तथा अभ्यासबाट त्यस क्षमतालाई उजागर गर्न सकिन्छ भन्ने सन्देश दिने लोकप्रिय आत्मसुधार तथा नेतृत्व विकाससम्बन्धी पुस्तक हो ‘तपाईं पनि नेता बन्न सक्नुहुन्छ’ (The Leader in You)। यस पुस्तकका लेखक प्रसिद्ध लेखक डेल कार्नेगी हुन्।यस पुस्तकले अरूसँग प्रभावकारी रूपमा कुराकानी गर्ने, आत्मविश्वास बढाउने र मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गर्ने कला सिकाउँछ। साथै, अरूलाई कामप्रति रुचि जगाउन, उनीहरूलाई प्रेरित गर्न र उनीहरूबाट उत्कृष्ट नतिजा हासिल गर्न सक्ने नेतृत्व क्षमताको विकासमा जोड दिन्छ।यस पुस्तकले तनावपूर्ण परिस्थितिमा पनि शान्त रहँदै व्यक्तिगत जीवन तथा कार्यक्षेत्रमा प्रभावकारी नेतृत्व कसरी प्रदान गर्ने भन्ने मार्गदर्शन गर्छ। विशेषगरी युवा, व्यवसायी, व्यवस्थापक तथा नेतृत्वदायी भूमिकामा अघि बढ्न चाहने व्यक्तिहरूका लागि यो पुस्तक उपयोगी छ। यसले नेतृत्व क्षमता, आत्मविश्वास, सञ्चारकला र मानिसहरूलाई प्रेरित गर्ने सीपले व्यक्तिगत तथा व्यावसायिक सफलतामा महत्त्वपूर्ण भूमिका खेल्ने कुरा प्रस्तुत गर्छ।
यस पुस्तकले व्यावहारिक ज्ञान र सीपको माध्यमबाट हरेक नयाँ पुस्तालाई बदलिँदो संसारका आवश्यकता र चुनौतीअनुसार आफूलाई कसरी ढाल्ने भन्ने कुरा सिकाउँछ। यसको प्रमुख उद्देश्य प्रभावकारी संवाद गर्ने, अरूलाई सफलताका लागि उत्प्रेरित गर्ने र प्रत्येक व्यक्तिभित्र लुकेको नेतृत्व क्षमतालाई पहिचान गरी विकास गर्नु हो।आजको संसार तीव्र गतिमा परिवर्तन भइरहेको छ। यस्तो परिस्थितिमा मानिसहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपरिरहेको छ। यस पुस्तकमा प्रस्तुत गरिएका नेतृत्व तथा मानवीय व्यवहारसम्बन्धी सिद्धान्तहरूले यस्ता चुनौतीहरूको सामना गर्दै अरूसँग प्रभावकारी रूपमा व्यवहार गर्न, उनीहरूको सम्मान गर्न र आपसी सम्बन्ध सुमधुर बनाउन मार्गदर्शन गर्छन्। यी सिद्धान्तहरू सरल, व्यावहारिक र बुझ्न सहज छन्, जसलाई हजुरले आफ्नो दैनिक जीवन तथा कार्यक्षेत्रमा सजिलै लागू गर्न सक्नुहुन्छ।
यस पुस्तकमा प्रस्तुत सिद्धान्तहरू बुझ्न र अपनाउनका लागि कुनै विशेष शैक्षिक योग्यता वा ठूलो अनुभवको आवश्यकता पर्दैन। यसका लागि आवश्यक पर्ने मुख्य कुरा भनेको निरन्तर अभ्यास गर्ने, नयाँ कुरा सिक्ने र आफूलाई सुधार्दै लैजाने सोच हो।के हजुर परापूर्वकालदेखि स्थापित केही परम्परागत धारणाहरूलाई चुनौती दिन तयार हुनुहुन्छ? के हजुर सहज र सफलतापूर्वक मानवीय सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ? के हजुर आफ्नो जीवनमा भएका बहुमूल्य अवसर र स्रोतसाधनको महत्त्व बढाउन चाहनुहुन्छ? त्यसैगरी, के हजुर आफ्नो निजी तथा व्यावसायिक जीवनमा अरू मानिसहरूसँगको सम्बन्धलाई अझ सुमधुर र प्रभावकारी बनाउन चाहनुहुन्छ? के हजुर आफूभित्र लुकेको नेतृत्व क्षमतालाई पहिचान गरी त्यसलाई व्यवहारमा उतार्न चाहनुहुन्छ?यदि हजुर यी सबै प्रश्नको उत्तर ‘हो’ भन्नुहुन्छ भने, आउनुहोस्, आफ्नो नेतृत्व क्षमता विकास गर्ने यात्रामा अघि बढौँ। यस पुस्तकमा प्रस्तुत सिद्धान्तहरू अध्ययन गरी आफ्नो दैनिक जीवनमा लागू गर्नुभयो भने हजुरको सोच, व्यवहार र नेतृत्व गर्ने शैलीमा सकारात्मक परिवर्तन ल्याउन सक्नुहुन्छ।पूर्ण जानकारीका लागि पुस्तक पढ्नुहोस्। धन्यवाद!