सन्तुष्टिको स्रोत हाम्रो मस्तिष्कमै हुन्छ। सुख खोज्ने मानवीय प्रवृत्तिको सही ज्ञान नभएको व्यक्तिको व्यवहारले अन्ततः उसको जीवनलाई असफलतातर्फ लैजान सक्छ। उसले हटाउन खोजेको दुःखलाई झन् बढाउन सक्छ।ह्यारी लरेनद्वारा लिखित प्रसिद्ध पुस्तक ‘मस्तिष्कका शक्तिका गुप्त रहस्यहरू’ (Secret of Mind Power) ले मानव मस्तिष्कको स्मरणशक्ति र मानसिक क्षमतालाई कसरी तीव्र तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा व्यावहारिक तरिकाहरू सिकाउँछ।पुस्तकमा भनिएको छ—संसारमा कोही पनि मानिस कमजोर दिमाग लिएर जन्मेको हुँदैन। मानिसको मस्तिष्कमा जन्मजात रूपमा रहेको क्षमताको सही विकास, प्रशिक्षण र प्रयोगमा नै उसको मानसिक क्षमता निर्भर हुन्छ।
पुस्तकमा व्याख्या गरिएका मानसिक शक्तिका मुख्य गुप्त रहस्य र प्रणालीहरूलाई यसरी बुझ्न सकिन्छ।ध्यान र अवलोकनको अभावमा धेरैजसो मानिसहरू आफूले कुरा बिर्सिएको दाबी गर्छन्। तर वास्तवमा उनीहरूले सुरुदेखि नै उक्त कुरामा पर्याप्त ध्यान र सचेतता दिएका हुँदैनन्। मस्तिष्क शक्तिको पहिलो रहस्य नै कुनै पनि कुरालाई पहिलोपटक हेर्दा वा सुन्दा पूर्ण रूपमा ध्यान दिएर सचेत र सजग भएर अवलोकन गर्नु हो।लिङ्किङ प्रणाली नयाँ जानकारीलाई पहिले नै आफूलाई थाहा भएका कुरा वा पुराना जानकारीसँग जोड्ने एउटा प्रभावकारी तरिका हो। पुस्तकमा यदि हजुरले कुनै दुई वा सोभन्दा बढी वस्तुहरू सम्झनुपरेमा तिनीहरूलाई जोडेर दिमागमा एउटा हास्यास्पद, रमाइलो वा अनौठो दृश्य कल्पना गर्न सुझाव दिइएको छ। किनकि हाम्रो दिमागले सामान्यभन्दा अनौठा, रोचक र रंगीन दृश्यहरूलाई छिटो तथा लामो समयसम्म सम्झन सक्छ।
एकाग्रता र इच्छाशक्तिको विकास गरी मस्तिष्कको शक्ति बढाउनका लागि मनलाई सधैँ वर्तमान क्षणमा केन्द्रित राख्न आवश्यक हुन्छ। जब हजुर कुनै काम गर्नुहुन्छ, त्यस समयमा दिमागलाई अन्य कुराहरू सोच्नबाट रोक्दै एउटै काममा पूर्ण रूपमा एकाग्र गर्नुपर्छ।यसरी एउटै काममा ध्यान केन्द्रित गर्दा मानसिक कार्यक्षमता र उत्पादकत्व उल्लेखनीय रूपमा वृद्धि हुन्छ। एकाग्रताको निरन्तर अभ्यासले इच्छाशक्ति बलियो बनाउँदै मस्तिष्कलाई अझ प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउँछ।
यी सिकाइका तरिकाहरू अभ्यास गरेर हजुरले नोट, टिपोट वा रिमाइन्डरबिना नै दैनिक जीवनका काम, भाषण तथा आवश्यक तथ्यहरू सहजै सम्झन सक्ने क्षमता विकास गर्न सक्नुहुन्छ।पुस्तकमा उल्लेखित कुनै विशेष तरिकाबारे उदाहरणसहित विस्तृत रूपमा जान्न चाहनुहुन्छ भने पूरा पुस्तक अध्ययन गर्न हेल्प टु हेल्पसँग सम्पर्क गर्नुहोस्।धन्यवाद।