विशेष गरी मानिसलाई जीवनमा आइपर्ने अनावश्यक चिन्ता, डर र तनावबाट मुक्त भई कसरी सकारात्मक, शान्त र सुखी जीवन जिउने भन्ने कुरा सिकाउन केन्द्रित ‘चिन्ता छोडौँ, सुखसँग बाँचौँ’ प्रसिद्ध अमेरिकी लेखक ओरेसन स्वेट मार्डेनद्वारा लिखित एक लोकप्रिय आत्मसहायता तथा प्रेरणादायी पुस्तक हो।:यस पुस्तकमा समेटिएका मुख्य विषयहरूलाई छोटकरीमा हेर्दा:यदि तपाईं चिन्तामा डुबिरहनुहुन्छ भने धेरै कुरा प्रभावकारी रूपमा गर्न सक्नुहुन्न, किनभने चिन्ताले एकाग्रता कमजोर बनाउँछ। चिन्तित हुँदा हाम्रो विचार चारैतिर बरालिन्छ र सही निर्णय लिने क्षमता पनि घट्दै जान्छ।आफ्नो परिस्थितिलाई जस्तोसुकै भए पनि स्वीकार गर्न सिक्नुहोस्। वास्तविकतालाई स्वीकार गर्नु भनेको दुर्भाग्यपूर्ण परिस्थितिमाथि विजय प्राप्त गर्ने पहिलो कदम हो।सोच्नुहोस्, विचार गर्नुहोस्, हिसाब गर्नुहोस्, कामको योजना बनाउनुहोस् र त्यसलाई पूरा गर्नुहोस्। कुनै प्रतिज्ञा गर्नुभएको छ भने त्यसलाई पूरा गर्नुहोस्।चिन्ता नगर्नुहोस्, समाधानका लागि चिन्तन गर्नुहोस्। चिन्ता र चिन्तनमा ठूलो अन्तर छ। चिन्ताले हामीलाई नकारात्मकतातर्फ लैजान्छ भने चिन्तनले समस्याको समाधान खोज्दै सकारात्मकतातर्फ अघि बढ्न प्रेरित गर्छ।हामी अरूको नक्कल गर्ने चक्करमा चिन्ताग्रस्त हुन पुग्छौँ। कसैसँग कुनै विशेष वस्तु देख्नासाथ हामी पनि त्यही वस्तु प्राप्त गर्न खोज्छौँ र त्यसका लागि छटपटिन थाल्छौँ।अरूको वस्तु देखेर हामी किन बेचैन हुने? ती वस्तु प्राप्त गर्ने इच्छाको दास किन बन्ने? अरूले गरिरहेको काम हामीले पनि गर्नैपर्छ भन्ने सोच किन राख्ने?सायद हामीसँग अरूको भन्दा राम्रा कुरा, वस्तु र क्षमताहरू धेरै हुन सक्छन्। तर हामी त्यसतर्फ ध्यान नै दिँदैनौँ। आफ्नै सोच र व्यवहारका कारण हामी आफैँ चिन्ता र दुःखको भारी बोकेर हिँडिरहेका हुन्छौँ।अब अनावश्यक कुरामा चिन्ता लिन छोडौँ। आफूले सकेसम्म राम्रो गर्ने प्रयत्न गरौँ र आफूसँग जे छ, त्यसैमा सन्तोष मानी सुखसँग बाँच्न सिकौँ। यही नै यस पुस्तकको मूल मर्म हो।पुस्तक सानो भए पनि यसमा जीवनोपयोगी र प्रेरणादायी धेरै कुराहरू समेटिएका छन्। एकपटक अवश्य पढ्नुहोस्। यसले तपाईंको जीवनमा सकारात्मक सोचको दायरा अझ फराकिलो बनाउन मद्दत गर्नेछ।हेल्प टु हेल्प। धन्यवाद।