जीवनमा ठूलो सफलता प्राप्त गर्न सुरुमै ठूला–ठूला योजना बनाउनुभन्दा हरेक दिन एक प्रतिशत सुधार गर्ने साना–साना बानीहरू नै पर्याप्त हुन्छन् भन्ने सिद्धान्तमा आधारित भएर जेम्स क्लियरले ‘साना परिवर्तन, असाधारण परिणाम’ पुस्तक लेखेका छन्।यस पुस्तकमा लेखकले साना बानीहरूलाई प्रभावकारी रूपमा विकास गर्ने विभिन्न उपायहरू प्रस्तुत गरेका छन्। आफ्ना साना बानीहरूलाई वरपरको वातावरणसँग जोडेर स्पष्ट रूपमा देखिने बनाउनुहोस्। नयाँ बानीहरूलाई आफूलाई मनपर्ने कुराहरूसँग जोडेर रमाइलो र आकर्षक बनाउनुहोस्।कामप्रतिको रुचि र निरन्तरता कायम राख्न सुरुमा सजिलो कामबाट सुरुवात गर्नुहोस् र बिस्तारै कठिन कामतर्फ अघि बढ्नुहोस्। यसरी नियमित रूपमा साना–साना सुधार गर्दै गएमा कठिन कामहरू पनि क्रमशः सहज र स्वाभाविक बन्दै जान्छन्।:काम पूरा भएपछि तुरुन्तै आफूलाई सानो पुरस्कार दिएर आत्मसन्तुष्टि महसुस गर्नुहोस्। यसले राम्रो बानीलाई निरन्तरता दिन प्रेरणा प्रदान गर्छ।यी त भए पुस्तकमा समेटिएका केही महत्त्वपूर्ण विषयहरू। पुस्तकमा लेखकले विभिन्न विषय र उपविषयमार्फत जीवनमा सफलता हासिल गर्न आवश्यक बानीहरूलाई केन्द्रबिन्दुमा राखेर अत्यन्त सरल र प्रभावकारी ढङ्गले बुझाउने प्रयास गरेका छन्।यी सबै विषयलाई विस्तृत रूपमा बुझ्नका लागि पुस्तकको पूर्ण अध्ययन गर्नु आवश्यक हुन्छ। त्यसैले म तपाईंलाई यो पुस्तक पढ्न र यसमा प्रस्तुत गरिएका सकारात्मक तथा उपयोगी कुराहरूलाई आफ्नो जीवनमा व्यवहारमा उतार्न हार्दिक सल्लाह दिन्छु।धन्यवाद।