.इकीगाई’—जापानीहरूको लामो आयु र खुसी जीवनको रहस्यहेक्टर गार्सिया र फ्रान्सेस्क मिरालेसद्वारा संयुक्त रूपमा लिखित ‘इकीगाई’ जापानीहरूको लामो आयु, खुसी र सन्तुलित जीवनको रहस्यबारे चर्चा गर्ने लोकप्रिय आत्मसुधारसम्बन्धी पुस्तक हो।जापानी दर्शनअनुसार ‘इकीगाई’ भन्नाले बिहान ओछ्यानबाट उठ्ने कारण वा जीवन जिउनुको उद्देश्य भन्ने बुझिन्छ। अर्थात्, हामी हरेक दिन बिहान किन ओछ्यानबाट उठ्छौँ? जीवनमा के उद्देश्यका लागि बाँचिरहेका छौँ?—यिनै प्रश्नहरूको उत्तर खोज्ने अवधारणा नै इकीगाई हो।यस पुस्तकमा मुख्यतः हामीले गर्ने दैनिक कार्य र जीवनको उद्देश्यलाई चारवटा प्रमुख पक्षमा विभाजन गरी विवेचना तथा विश्लेषण गरिएको छ। ती चार पक्ष हुन्::१. जुन काम गर्न तपाईंलाई मन पर्छ, त्यो तपाईंको रुचि वा शौक हो।२. जुन काम तपाईं राम्रोसँग गर्न सक्नुहुन्छ, त्यो तपाईंको सीप वा दक्षता हो।३. जुन कामबाट अरू मानिसहरू लाभान्वित हुन्छन्, त्यसमा तपाईंले समाजमा योगदान दिन सक्नुहुन्छ।४. जुन कामबाट तपाईंले पैसा कमाउन सक्नुहुन्छ, त्यो तपाईंको आम्दानीको स्रोत हो।यी चारवटै पक्षबीचको सन्तुलन र समन्वयबाट आफ्नो जीवनको उद्देश्य अर्थात् इकीगाई पहिचान गर्न सकिन्छ।साथै, यस पुस्तकमा शारीरिक स्वास्थ्यका लागि आवश्यक खानपान, व्यायाम तथा दैनिक काम गर्ने कार्यशैलीका बारेमा पनि उपयोगी जानकारी प्रस्तुत गरिएको छ।पुस्तकको भाषा अत्यन्त सरल, सहज र व्यावहारिक छ। यसमा प्रस्तुत गरिएका विचारहरू दैनिक जीवनमा उपयोगी छन्। त्यसैले जीवनलाई स्वस्थ, सन्तुलित र उद्देश्यपूर्ण बनाउन चाहनुहुन्छ भने यो पुस्तक एकपटक अवश्य पढ्नुहोस्।धन्यवाद।