१९६८ मा प्रकाशित ‘संसारको सबैभन्दा महान् सेल्सम्यान’ व्यापार, बिक्रीकला र व्यक्तिगत सफलताको क्षेत्रमा मार्गदर्शकका रूपमा स्थापित अत्यन्त लोकप्रिय र विश्वप्रसिद्ध प्रेरणादायी पुस्तक हो। यो पुस्तक ओग म्यान्डिनोद्वारा लिखित हो।यस पुस्तकको मुख्य पात्र एक गरिब गोठालो केटो हो, जो आफ्नो जीवनमा संघर्ष गर्दै पछि गएर संसारकै महान् सेल्सम्यान बन्न सफल हुन्छ। उसले आफ्ना गुरुमार्फत सफलता र समृद्धि हासिल गर्ने रहस्य समेटिएका दसवटा प्राचीन चर्मपत्रहरू प्राप्त गर्छ। पुस्तकको मुख्य सार यिनै चर्मपत्रहरूमा लुकेको छ।यी चर्मपत्रहरूमा जीवन र व्यवसायमा सफलता हासिल गर्न आवश्यक विभिन्न महत्त्वपूर्ण नियम, सिद्धान्त र सकारात्मक बानीहरूबारे बताइएको छ। ती शिक्षाहरूलाई आफ्नो जीवनमा निरन्तर अभ्यास गर्दै गएमा व्यक्तिगत विकास, आत्मविश्वास, सफलता र समृद्धिको मार्गमा अघि बढ्न सकिन्छ।१. राम्रा बानीहरूको निर्माण गर्ने र ती बानीहरूको दास बन्ने।२. हरेक दिनलाई प्रेमपूर्वक स्वागत गर्ने।३. लक्ष्य प्राप्त नभएसम्म दृढताका साथ निरन्तर लागिरहने।४. आफू यस प्रकृतिको सबैभन्दा ठूलो चमत्कार भएको महसुस गर्ने।५. समयको पूर्ण कदर गर्ने र आजको दिनलाई आफ्नो अन्तिम दिनजस्तै गरी उत्साहपूर्वक बाँच्ने।६. आफ्ना नचाहिँदा भावनाहरूमाथि नियन्त्रण राख्ने।७. संसारलाई हेरेर मुस्कुराउने र हाँस्ने।८. आफ्नो मूल्यलाई सय गुणा बढाउने।९. ढिलासुस्ती नगरी तुरुन्तै काममा लाग्ने।१०. कठिन समयमा मार्गदर्शनका लागि प्रार्थना गर्ने।यो पुस्तक केवल सामान बेच्ने कलाका लागि मात्र नभई जीवनमा सकारात्मक सोच विकास गर्न, आत्मविश्वास बढाउन र सफल जीवन जिउनका लागि पनि संसारभरिका करोडौँ मानिसहरूले मन पराएका छन्।के तपाईं यस पुस्तकमा समेटिएका दसवटा चर्मपत्रका शिक्षाहरूलाई विस्तृत रूपमा बुझ्न चाहनुहुन्छ? त्यसो हो भने पुस्तक हातमा लिनुहोस्, पढ्न सुरु गर्नुहोस् र यसका शिक्षाहरूलाई आफ्नो जीवनमा व्यवहारमा उतार्नुहोस्।धन्यवाद।