विशेष गरी नेटवर्क मार्केटिङ वा मल्टिलेभल मार्केटिङ (MLM) को वास्तविक महत्त्व, यसको लुकेका पक्ष र सम्भावनाहरू बुझाउनका लागि रोबर्ट टी. कियोसाकीद्वारा लेखिएको अत्यन्त लोकप्रिय पुस्तक हो—‘बिजनेस स्कुल’ (Business School)।यस पुस्तकले आर्थिक स्वतन्त्रता प्राप्त गर्न इच्छुक पाठकहरूलाई एक–अर्काको सहयोग र सञ्जालको माध्यमबाट कसरी आम्दानीका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्नेबारे जानकारी दिन्छ।पुस्तकको मुख्य उद्देश्य वित्तीय शिक्षासँग सम्बन्धित व्यावहारिक ज्ञान प्रदान गर्नु हो। परम्परागत शिक्षा प्रणालीले प्रायः सैद्धान्तिक ज्ञानमा जोड दिन्छ, तर आर्थिक रूपमा सक्षम बन्न व्यवहारिक, व्यावसायिक र वित्तीय ज्ञान पनि आवश्यक हुन्छ। नेटवर्क मार्केटिङका माध्यमबाट मानिसहरूले यही व्यावहारिक, व्यावसायिक तथा वित्तीय ज्ञान र सीपहरू सिक्न सक्छन्।नेटवर्कको शक्ति अत्यन्त प्रभावशाली हुन्छ। संसारका धनी व्यक्तिहरूले आफ्नो ज्ञान, सीप र अवसरलाई विस्तार गर्न बलियो सञ्जाल निर्माण गर्छन्, जबकि धेरै मानिसहरू परम्परागत शिक्षा प्रणालीमा सीमित भएर जागिरको खोजीमा भौँतारिरहेका हुन्छन्।यस पुस्तकले नेटवर्क मार्केटिङलाई केवल पैसा कमाउने माध्यमका रूपमा मात्र नभई, अरूलाई सहयोग गर्ने, नेतृत्व क्षमता विकास गर्ने र जीवनमा आवश्यक व्यावहारिक तथा व्यावसायिक शिक्षा प्राप्त गर्ने अवसरका रूपमा व्याख्या गर्छ।नेटवर्क मार्केटिङले कसरी काम गर्छ र एक–अर्काको सहयोगबाट कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा पूर्ण जानकारी लिन चाहनुहुन्छ भने पुस्तक पढ्नुहोस्।धन्यवाद।